- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनिज्’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंकमार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनिज्’ को पोर्टफोलियो सुरक्षण गर्नेछ ।
यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।
कुमारी बैंक लिमिटेडले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
कुमारीले नेपाल एसोसिएसन फर सफ्टवेर एन्ड आईटी सर्भिसेज (नास–आईटी) सँग साझेदारीमा काम गर्दै आएको छ जस अन्तर्गत बैंकले सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको छ ।
साथै बैंकले प्राविधिक विशेषज्ञता मार्फत आईटी कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवद्र्धन गर्दै आएको यूएसएआईडी ट्रेड एनड कम्पिटिटिभनेससँग विभिन्न तहमा सहकार्य गर्दै आएको जनाएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०९ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ्ग प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।