arrow

एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु: प्रचण्ड [भिडियो]

देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
prachanda-sunsari.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरी पुगेर प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको बताएका हुन् । 

उनले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताए । अबको निर्णय जनताको साथमा हुने बताए । जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गरे ।

उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गरे । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी गरे ।

उनले भने, ‘मेरो अब एक वर्ष पुरा हुँदैछ । प्रधानमन्त्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले केही धक्का दिएर क्रमभङ्ग गर्दै छु अर्को । त्यति बेला आम नेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरूमा अहिले एउटा भाष्य बडो नकारात्मक ।  जनतालाई निराश पार्ने । नेपाल अँध्यारोमा छ । कहिंकतै उज्यालो छैन । नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म यो मञ्चबाट आम नेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ