arrow

भारतीय सिनेमाकै सबैभन्दा ठूलो ओपनर बन्यो प्रभासको सालार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
salaar-2080-09-07.jpg

मुम्बई । लामो समयको प्रतिक्षापछि शुक्रबार ‘सालारः पार्ट वान–सिजफायर’ सिनेमाघरमा रिलिज भएको थियो । प्रभास अभिनित यो फिल्मले पहिलो दिनमा दर्शकबाट अत्याधिक प्रतिक्रिया पाएको थियो र दर्शकको भीड सिनेमाघरमा जम्मा भएको थियो ।

यससँगै उद्घाटनको दिन ‘सालार’मा नोटको भारी वर्षा भएको छ । प्रभास अभिनित फिल्मले रिलिजको पहिलो दिन कति करोडको ओपनिङ गरेको छ भन्ने जानकारी गरौँ ।

यसअघिका धेरै फिल्मको खराब प्रदर्शनपछि प्रभासले  ‘सालार’ मार्फत उत्कृष्ट कमब्याक गरेका थिए । यस अभिनेताको फिल्मलाई दर्शकले खुला हातले स्वागत गरेका छन् । 

यो एक्सन थ्रिलरको क्रेज फ्यानमा यति धेरै थियो कि पहिलो दिन नै चलचित्र हेर्न हलमा दर्शकको लामो लाइन देखिएको थियो भने प्रशान्त नीलको निर्देशनमा बनेको यो चलचित्रको सामाजिक सञ्जालमा निकै प्रशंसा भएको थियो । अब ‘सालार’ को रिलिजको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट  उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले ‘सालार’ ले रिलिजको पहिलो दिनमा ९५ करोडको ओपनिङ गरेको छ। 

यद्यपि यी प्रारम्भिक तथ्याङ्क हुन्, आधिकारिक तथ्याङ्कको आगमन पछि केही परिवर्तन हुन सक्छन् । र, यो भारतीय सिनेमाको इतिहासमा नै अहिलेसम्मकै सबैभन्दा बढी र आश्चर्यजनक ओपनिङ पनि हो ।

‘सालार’ ले रिलिजको पहिलो दिन ९५ करोडको ओपनिङ गरेर पठान, जवान, डंकीलगायत धेरै फिल्मको रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।  

योसँगै प्रभासको फिल्म यो वर्षकै सबैभन्दा ठूलो ओपनर बनेको छ । यी फिल्मको पहिलो दिनको कलेक्शनको बारेमा कुरा गर्दै सकनिल्को रिपोर्टले जनाएको छ । 

सालारले पहिलो दिन ९५ करोडमा ओपन गरेको छ भने शाहरुखको जवानको पहिलो दिनको कमाई ६५.५ करोड रुपैयाँ थियो । शाहरुखकै पठानले पहिलो दिन ५५ करोड कमाएको थियो ।

यसैगरी रणवीर कपुरको एनिमलको पहिलो दिनको कमाई ५४.७५ करोड थियो भने प्रशान्त निलकै केजीएफ च्याप्टर– २ ले ५३.५ करोड रुपैयाँ संकलन गरेको थियो ।

पान इन्डिया फिल्म ‘सलार’ लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । यस फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन र श्रुति हसन, जगपति बाबु रेड्डीलगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ