arrow

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
rabi-lam.jpg
तस्बिर-फाइल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा एक युवकले खोया प्रहार गरेका छन् । 

अमरसिंहचौरमा आयोजित खुला सभालाई सम्बोधन गरिरहेका लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

एक प्रत्यक्षदर्शीका अनुसार रानाभाटले लामिछानेलाई ताकेरै खोया प्रहार गरेका थिए । रानाभाटले पोलेको मकै खाँदै गरेको र मकै खाइसकेपछि त्यही खोया रवि लामिछानेमाथि प्रहार गरेको ती प्रत्यक्षदर्शीले बताए । 

उनका अनुसार रानाभाटले खोया प्रहार गर्नु अघि पनि सभापति लामिछानेका बारेमा नकारात्मक टिप्पणी गरिहेका थिए ।

रास्वपाका कार्यकर्ताले भने सभापति लामिछानेमाथि ढुंगा नै प्रहार भएको दाबी गरेका छन् । कार्यकर्ताले रानाभाटलाई लछारपछार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ