arrow

एमाले र जसपा त्यागेर कांग्रेस प्रवेश गर्नेको लर्को

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० पुष ७ शनिबार
uml-to-congress-temal.jpg

काभ्रेपलान्चोक । एमाले र जनता समाजवादी पार्टीमा आवद्ध तेमाल ३, सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस काभ्रेको जिल्ला पार्टी कार्यालय वनेपामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सदस्य मेघबहादुर तामाङ, रामबहादुर तामाङ, नेकपा एमालेको तेमाल–काठमाडौँ सम्पर्क मञ्चका उपाध्यक्ष परमानन्द बम्जन, एकीकृत समाजवादी तेमाल–३ का सचिव सोमप्रसाद माझी, नेकपा एमालेका संगठित सदस्य आइतमान तामाङ लगायत सयौं  नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, काभ्रेका सभापतिसमेत रहेका बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा, जिल्ला उपसभापति रमेश हुमागाई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योन्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, नेपाली कांग्रेस तेमालका सभापति ज्ञानबहादुर लामा, तेमाल ३ का वडा अध्यक्षसमेत रहेका कांग्रेस वडा सभापति बिष्णुबहादुर तामाङ लगायतले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रजातान्त्रिक विचार नै उत्तम विचार भएको भन्दै काग्रेसले मात्रै देश विकास गर्न सक्ने बताए ।

जिल्ला सभापति तीर्थ लामाले पार्टीमा उचित जिम्मेवारी दिएर कांग्रेसमा संगठित गर्दै लैजाने बताए । नवप्रवेशी रामबहादुर तामाङले चारतारे झण्डामा आवद्ध भएर विकास निर्माणमा सहकार्य गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ