arrow

विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्न माधव नेपालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
madhavkumar-nepal-2080-04-07.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शङ्खरापुर नगरपालिका-१ स्थित चाँपाबोट मावि भवनको आइतबार अनुगमनका क्रममा उनले केही सामुदायिक विद्यालयले राम्रो पढाइ सञ्चालन गरेकाले भर्ना पाउन प्रतिस्पर्धा हुने गरेको जनाउँदै व्यावसायिक शिक्षाले विद्यार्थीको सिर्जनशील कार्यमा आत्मविश्वास बढ्ने बताए ।

अध्यक्ष नेपालले अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय संरचना विकास तथा भवन मर्मतका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अध्यक्ष नेपाललाई विद्यालय प्रधानाध्याक हरिबहादुर गौतम, सहायक प्रधानाध्यापक तेजनाथ दङ्गाललगायत शिक्षक तथा वडाध्यक्ष बाबुराम दङ्गाल, वडा सदस्य भूमिप्रसाद दङ्गाल र रामकृष्ण ढुङ्गानाले विद्यालयको गतिविधि बारेमा जानकारी गराएका थिए । 

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति भएको विद्यालयको केही भाग मर्मत तथा पुनः निर्माणसमेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ