arrow

अरबाज खानले गरे दोस्रो विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
arbaz-khan-sura-khan-marria.jpg

मुम्बई । बलिउडका दबंग अभिनेता सलमान खानका भाइ अभिनेता अरबाज खानको भव्य विवाह भएको छ । विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको हो । 

 अरबाज खानले मेकअप आर्टिस्ट सुरा खानसँग दोस्रो विवाह गरेका हुन् । यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए । 

अरबाजको हालै चार वर्षदेखि रिलेशनमा रहेकी मोडल जर्जिया एन्ड्रियानीसँग ब्रेकअप गरेका थिए । 

यसअघि उनको पहिलो विवाह मोडल एवं अभिनेत्री मलाइका अरोरासँग भएको थियो । सन् १९९८ मा उनीहरुले विवाह गरेका थिए । तर सन् २०१७ मा उनीहरुको विवाह टुटेको थियो । 

मलाइकाको २१ वर्षको छोरा अरहान छ । मलाइका हालका दिनमा चलचित्र निर्माता बोनी कपूरका छोरा अर्जुन कपूरसँग डेटमा छिन् । 

अरबाज र सुराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको घरलाई सुन्दर ढंगले सजाइएको थियो ।  अरबाज र सुरा बाहेक अहिले पूरै खान परिवार विवाहलाई विशेष र यादगार बनाउनको लागि अर्पिताको घरमा उपस्थित भएका हुन् ।  

समाचारका अनुसार यस स्टार जोडीको विवाहमा गायिका हर्षदीप कौर पनि उपस्थित भएर भव्य प्रस्तुति दिएका छन् ।

यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए । 

यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी छिन्, जसले कालो लेहेंगा लगाएकी थिइन । अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन् । 

सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन् ।

अरबाजले ५६ वर्षको उमेरमा सुरारा खानसँग विवाह गरेका हुन् । जहाँ दुलही सुरा हिजाब लगाएर पुगेकी थिइन् । 

सुरा खानले हल्का गुलाबी रंगको भारी गाउन लगाएकी छिन् । जसमा जरीको काम भएको छ । सुराले गाउनसँगै हिजाब पनि लगाएकी छिन् । हालै सार्वजनिक भिडियोमा उनी कारबाट ओर्लिएर अर्पिता खानको घर भित्र पसेको देखिन्छ ।

सुरा अभिनेत्री रविना टन्डनकी मेकअप आर्टिष्ट हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ