arrow

नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछुः प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
prachanda-mou.jpg

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिने गरी अघि बढिरहेको बताएका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा १३१ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

उनले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरूका बारेमा जनतालाई जानकारी गराउने बताए । 

उनले परम्परा तोडेर प्रधानमन्त्रीको रूपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताए । 

उनले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरूलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरूसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए ।

उनले भने, ‘सरकारको कुरा त अहिले भन्न सम्भव छैन । आज मैले प्रधानमन्त्रीको हैसियतमा राष्ट्रको नाममा सम्बोधन गर्र्दैछु । त्यसको अन्तिम तयारी भइरहेको छ । त्यसमा मुख्यता एक वर्षमा हामीले के काम गर्‍यौँ ? के गर्न पाएनौँ, सकेनौँ, कहाँ जोड दिनुपर्छ भन्ने कुरा र भोलिदेखि अर्को वर्ष शुरु हुन्छ, हामीले त्यो नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्छौँ ? मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम शुरु गरेको छु । सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरूले कति काम गरे की गरेनन् । किन गरेनन् के भयो भन्ने कुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरूसँग विस्तृत रूपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु । त्यो कामको सुरुवात म आफैँले गरेको छु । आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिने गरी तयारी गरिसकेको छु । अर्को वर्ष हामीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउनै पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ