arrow

अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन प्रचण्डलाई मोर्चाको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
rajendra-shrestha-new.jpg

काठमाडौँ । समाजवादी मोर्चाले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भए पनि दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले यस्तो सुझाव दिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बैठकले हालसम्म भएका कामहरूको समीक्षा भएको र मोर्चाका कामको बारेमा जानकारी गराइएको बताए । 

उनले सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएर इतिहासमै राम्रो काम गरेकोमा धन्यवाद दिएको र सङ्घीयता, धर्मनिरपेक्ष लगायतमा बाहिर र भित्री शक्ति लागेको बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘आजको समाजवादी मोर्चा नेपालको बैठकले हालसम्म भएका कामहरूको समीक्षा गरेको । अहिलेसम्म भएका कामको प्रगतिमा अहिले मोर्चाले झन्डै ५० वटा जिल्लामा जिल्ला संयोजन समिति गठन गरिसकेको र ठाउँ ठाउँमा अब यो सङ्गठन बिस्तारको काम भइरहेको र प्रदेश स्तरमा भएका सबै कार्यक्रमहरु अत्यधिक रूपमा जनताको सहभागितामा उत्साहवद्र्धक ढङ्गले सम्पन्न भएको समीक्षा गरेको छ । वर्तमान परिस्थितिबारे पनि छलफल गरेका छाँै । अहिले मुलुकमा जुन सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएर इतिहासमै यति धेरै काम सञ्चालन गरेकोमा धन्यवाद दिएका छौँ । सङ्घीयता, धर्मनिरपेक्ष लगायतमा जुन ढङ्गले विविध रूपमा देश भित्र र बाहिरका कतिपय शक्ति लागेका छन्, त्यसलाई सरकारले निस्तेज पार्दै गएको छ । अहिले जे जति उपलब्धि हासिल भएको छ, त्यो उपलब्धिहरूलाई संरक्षण गर्दै अझ थप उपलब्धि प्राप्तिका लागि जानुपर्छ, सङ्घीयता कार्यान्वयनका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ । प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ हो की भन्ने सन्देश प्रवाह भइरहेको छ । यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेको छ । अध्यादेश नै ल्याएर भए पनि यो कार्यान्वयन गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ