arrow

सडकमा फोहर फाल्ने नन्दादेवीलाई १० हजार जरिबाना

logo
सौरभ गिरी,
प्रकाशित २०८० पुष ११ बुधबार
dirty-nepaljung-2080-09-11.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिबाना गरिएको छ । 

आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधि फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिबाना गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा. अस्मित आचार्यले बताए । 

सडकमा जथाभावी औषधिजन्य फोहर फालेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र नगर प्रहरी, औषधि व्यवस्था विभाग तथा वाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । सडकमा जथाभावी फोहर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिबानासँगै तीन घण्टाभित्र फोहर उठाउन निर्देशन दिइएको आचार्यले जानकारी दिए । 

नेपालगञ्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ुसचेतना प्रवर्द्धन र जरिवाना अभियानु थालेको उपमहानगरपालिकाले सडकमा जथाभावी फोहर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिबाना गर्ने जनाएको छ । 

फोहरमैला व्यवस्थापन ऐन २०७५ अनुसार जरिबाना गरिनेछ । नगरलाई सफा राख्न दैनिक फोहर संकलन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई अब जरिबाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ