arrow

हात्ती सुन्दरी प्रतियोगितामा सात कली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
elephant-sundari.jpg

काठमाडौँ ।  चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । 

चितवनको सौराहामा मंगलवारबाट शुरु भएको १७ औँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत सात सुन्दरी हात्तीहरूको प्रतिस्पर्धा शुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाएको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ ।

 महोत्सवस्थल सौराहामा प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिने बताए। 

उनले नङ फुटे÷नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गर्ने बताए। उनले निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गते मात्रै निर्णय गर्ने बताए। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताए। 

उनले मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रूपमा अघि बढाएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ