arrow

मन्त्रिपरिषदको निर्णय

सरकारले गहुँको मूल्य तोक्यो, प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ ओटा कम हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
cabinet-2080-08-07b.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले तीन निर्णय गरेको छ । बिहीबार बसेको बैठकले गहुँको मूल्य निर्धारण, प्राविधिक शिक्षाको सचिवमा महेश भट्टराईलाई तोक्नेसँगै प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ ओटा कम गर्ने रहेको छ । 

सरकारले आर्थिक वर्ष २०८०–८१ को लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६५०/१४ निर्धारण गर्ने निर्णय गरेको छ । 

त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णयसमेत गरेको छ । 

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) स्वीकृत गर्ने निर्णय गरेको छ । 

जसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ ओटा कम हुने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ