arrow

सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
suryadarsan sahakari.jpg

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् ।

सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

दर्लामीलाई पोखरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनलाई लिनका लागि कास्की प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको बताइएको छ । उनलाई आजै राति पोखरा ल्याइने कास्की प्रहरीले जनाएको छ ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।

प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार पुस ६ मा पत्राचार गरिसकेको छ ।

सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ