arrow

बालकुमारी घटनाका मृतकका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
cabinet-baluwatar-2080-09-1.jpg

काठमाडौँ । सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । 

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०–१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो । 

सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बैठकले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । 

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन् । 

सो घटनामा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रीपषिद बैठकले सचेत गराएको छ । 

सरकारले सो घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपील गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आगामी दिन त्यस्तो घटना हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ । मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी शतर्कता, संयमता बनाउन गृह मन्त्रालय र मातहतका निकायलाई पनि बैठकले निर्देशन दिएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ