arrow

ग्लोबल आईएमई बैंकको १७ औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १५ आइतबार
global-ime-swastha-nari-pahal.jpg

चितवन । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । 

शिविरमा २०० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेक जाँच गरेका थिए । यही पुस १७ गते मंगलबारदेखि ग्लोबल आईएमई बैंकले १७ वर्ष पूरा गर्दैछ ।   

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघ सँगको सहकार्यमा सात ओटै प्रदेशहरुमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । 

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । 

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ्य नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ