arrow

भैरहवामा पूर्वराजाले सम्बोधन गर्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
xking-gyanendra-shah-.jpg

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले भैरहवामा सम्बोधन गर्ने भएका छन् । बिहीबार नागरिक अभिनन्दन हुँदै गर्दा उक्त अभिनन्दनपछि सम्बोधन गर्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले बताए । 

उनले बिहीबार दिउँसो पूर्वराजाको नागरिक अभिनन्दन हुने र तत्पश्चात उक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए । यसअघि विभिन्न ठाउँमा नागरिक अभिनन्दन भए पनि कमैमात्र सम्बोधन हुने गरेको थियो ।

आज दिउँसो नवलपरासीको सरावल–७ बर्दघाटे कालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने नागरिक अभिनन्दनसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यसअघि गत साता पूर्वराजाले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका थिए । 

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका पूर्वराजाले पृथ्वीनारायणको शालिक अनावरण गरेका हुन् । शिवराजन नगरपालिका २५ लाख रुपैयाँको लागतमा निर्माण गरेको शालिक रातो ब्यानर उघारेर शनिबार अनावरण गरिएको हो । सो अवसरमा पूर्वराजाका नाति हृदयेन्द्र पनि साथमा रहेका थिए । 

पूर्वराजा गत पुस ८ गते भैरहवा गएका थिए । एक महिना उपत्यका बाहिर रहने पूर्वराजा वीरगञ्जसमेत जाने कार्यक्रम रहेको छ । 

पूर्वराजाको बाहिर भ्रमण र राजावादीहरुका विभिन्न गतिविधिले भने गणतन्त्रवादी दलहरुले विभिन्न अड्कल काटेर क्रिया प्रतिक्रिया जनाइरहेका छन् । 

सोमबारमात्रै पनि नेपाली कांग्रेसको मेलमिलाप दिवसका अवसरमा भएको कार्यक्रममा विभिन्न दलका नेताहरुले विचार फरक भए पनि गणतन्त्रका लागि आफूहरुको एकमत रहेको बताएका थिए । 

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प राम्रो गणतन्त्र भएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ