- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मंगलबार सुन–चाँदीको भाउ बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम गरिएको छ । यसअघि सोमबार सुनको कारोबार स्थिर रहेको थियो । सोमबारको तुलनामा ५०० रुपैयाँले सुनको भाउ बढेको हो ।
मंगलबार चाँदीको भाउ पनि बढेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५५ रुपैपाँमा किनेबेच भएको थियो ।