arrow

सूर्यदर्शन सहकारी ठगी प्रकरण : महेन्द्र भोटेसहित दुई जना अदालतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
mahendra-bhote-suryadarsan-sahakari-facebook.jpg

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अदालतमा उपस्थित भएका छन् ।

उनी कानून व्यवसायीसहित कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन् । गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि सहभागी भएका छन् ।

उनीहरु विरुद्ध अहिले थुनछेक बहस जारी छ । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले गुरुङ र अर्याल आफै अदालत उपस्थित भएको बताए । अबको बाँकी कुरा अदालतको भएको उनले बताए ।

सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।

यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ