- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन् ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रूपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन् ।
उनले प्रचण्डको अभिव्यक्तिले पुनः गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए ।
उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनः गठनका लागि तयारी गर्दै छु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भने पनि मन्त्रीहरूको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुङ्गोमा पुग्छ ।’
प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताए ।