arrow

अफ्रिकाले इजरेलका विरुद्ध हाल्यो मुद्दा, गाजा 'नरसंहारको आरोपमा' आईसीजेमा उपस्थित हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
umga-united-nations-general-assembly.jpg

काठमाडौँ । इजरेलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरेलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ । 

मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेग स्थित संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरेली समाचार वेबसाइट थ्लभत ले सोमबार उल्लेख गरेको छ ।

इजरेलले नरसंहार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरेली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कार्यवाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफू विरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताएको वेबसाइटमा उल्लेख छ । 

 प्रतिवेदनका अनुसार इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारी बीचको छलफल अघि नै यो निर्णय लिइएको हो । 

शुक्रबार दायर गरिएको मुद्दामा “गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धि अन्तर्गतको दायित्वको इजरेलले उल्लङ्घन गरेको अन्तरराष्ट्रिय अदालत (आईसीजे) ले जनाएको छ । 

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई “नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ