arrow

सहकारी ठगी प्रकरणमा भोटे र अर्याल जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
mahendra-bhabishwor-kaski.jpg

पोखरा । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल जेल चलान भएका छन् । 

कास्की जिल्ला अदालतले आज उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका भएका थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि कारागा पठाउने आदेश दिएको हो ।

पोखरामा गितेन्द्र (जीवी) राइको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरु सबै फरार छन् । 

सहकारीको रकम अपचलन सम्बन्धमा रास्वपाका सभापति रवि लामिछानेको नामसमेत जोडिएपछि विभिन्न टिकाटिप्पणीका साथै बहस भइरहेका छन् । सभापति लामिछानेले रकम लिएको कुरा अस्वीकार गर्दै आइरहेका छन् ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ