arrow

शीर्ष नेताहरुलाई अनुहार फेरिफेरि षड्यन्त्र नगर्न पूर्वराजा शाहको चेतावनी [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
xking-gyanendra-2080-09-19.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुलाई अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले शीर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् । 

उनले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताए । पूर्वराजा शाहले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताए । 

उनले वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभुति भएको बताए ।

उनले भने, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवाशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभुति गरेका छन् । हामी झनै परनिर्भर, परावलम्वी बन्दै गइरहेका छाँै । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छाैँ ।  हामी अब एकै ठाउँमा उभौँ । घृणाले घृणाको आगोलाई कतै जलाइदिऔँ । पहिले यो आगोलाई मिलेर निभाइदिऔँ । भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिऔँ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? अब अन्याय, अत्याचार मुक्त गरिदिऔँ । अनुहार फेरि फेरि षड्यन्त्र नगर । त्यस्ताको चालबाट चालबाट आफूलाई बचाऔँ ।’

पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताए । 

पूर्वराजा शाह पुस ८ गते भैरहवा गएका हुन् । उनले लुम्बिनीका विभिन्न जिल्लामा गएर नागरिक अभिनन्दनको सम्मान खाइरहेका छन् । 

त्यसैगरी पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेदेखि मन्दिरको शुभारम्भ गर्दै आएका छन् । 

पूर्वराजा एक महिने उपत्यका बाहिर बसाइका क्रममा वीरगञ्ज पनि पुग्ने कार्यक्रम रहेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । 

xking-samman-2080-09-19 (1).jpg
xking-samman-2080-09-19 (2).jpg
xking-samman-2080-09-19 (3).jpg
xking-samman-2080-09-19 (4).jpg
xking-samman-2080-09-19 (5).jpg
xking-samman-2080-09-19 (6).jpg
xking-samman-2080-09-19 (7).jpg
xking-samman-2080-09-19 (8).jpg
xking-samman-2080-09-19 (9).jpg
xking-samman-2080-09-19 (10).jpg
xking-samman-2080-09-19 (11).jpg
xking-samman-2080-09-19 (12).jpg
xking-samman-2080-09-19 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ