arrow

राष्ट्रिय सभा उम्मेदवारको चयनलाई लिएर एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
uml-sachibalaya-2080-07-22.jpg

काठमाडौँ। राष्ट्रिय सभा उम्मेदवारको चयनलाई लिएर नेकपा (एमाले)ले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । 

राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रिय सभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ