राष्ट्रिय सभा उम्मेदवारको चयनलाई लिएर एमाले सचिवालय बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
466
Shares
काठमाडौँ। राष्ट्रिय सभा उम्मेदवारको चयनलाई लिएर नेकपा (एमाले)ले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रिय सभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।