arrow

आशा जगाउँदै पूर्वराजा

पूर्वराजाले भने- हामी अब एकै ठाउँमा उभौँ [भिडियो]

अनुहार फेरि फेरि षड्यन्त्र नगर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
purbaraja-gyanendra.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनता सबै एक ठाउँमा उभिन आग्रह गरेका छन् । अनुहार फेरि फेरि गरिने षड्यन्त्रबाट बच्न जनता सबै एकै ठाउँमा उभिनुपर्ने बताएका हुन् । 

उनले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताए। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभूति भएको बताउनु भयो ।

उनले भने, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्छ । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूति गरेका छन् । हामी झनै परनिर्भर, परावलम्वी बन्दै गइरहेका छाँै । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छाँै ।  हामी अब एकै ठाउँमा उभौँ । घृणाले घृणाको आगोलाई कतै जलाइदिऔँ । पहिले यो आगोलाई मिलेर निभाइदिऔँ । भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरू जोडिदिऔँ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? अब अन्याय, अत्याचार मुक्त गरिदिऔँ । अनुहार फेरि फेरि षड्यन्त्र नगर । त्यस्ताको चालबाट चालबाट आफूलाई बचाऔँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ