arrow

फर्के भारतीय विदेशमन्त्री जयशंकर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
jayashankar-returned-india-.jpg

काठमाडौँ । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फर्किएका छन् ।

बिहीबार काठमाडौँ आएका उनी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका हुन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । 

स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए। त्यस्तै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको उद्घाटन गरेका थिए । 

जयशंकरलाई बिहीबार बिहान स्वागत गरेका परराष्ट्र मन्त्री एनपी साउदले शुक्रबार बिदाई गरेका थिए ।

jayashankar-returned-india-2080-09-20 (4).jpg
jayashankar-returned-india-2080-09-20 (5).jpg
jayashankar-returned-india-2080-09-20 (6).JPG
jayashankar-returned-india-2080-09-20 (1).jpg
jayashankar-returned-india-2080-09-20 (2).jpg
jayashankar-returned-india-2080-09-20 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ