arrow

भारतसँग नेपालले गरेका सम्झौताहरूको जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
bimala-samiti-new.jpg

काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरूको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो । बैठकमा सांसदहरूले दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए । 

समिति सदस्यहरूको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरूका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिइन् ।

उनले भनिन्,‘दुई दिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानून न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननीय प्रधानमन्त्रीज्यू र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु ।’

उनले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हेर्ने क्षेत्राधिकार कानून समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ