arrow

कविताः जित्ने छु एक दिन 

logo
कविता गौतम, 
प्रकाशित २०८० पुष २१ शनिबार
kabita-gautam-2080-09-20.jpg

एकदिन झोलाभरी सफलता बोकेर घर आउने छु 
परिवारका सबैका लागि खुशी बोकेर घर आउने छु 
सफल बनेर सफलताको स्वाद मेरी आमालाई चखाउने छु 
पर्खाइ धेरै भए पनि सफल भएर एक दिन अवश्य घर फर्किने छु 
पटक–पटक जानी–जानी अग्निमा हाम फालेका छन् मेरा आत्मविश्वासहरु 
जित्ने छु सबैलाई एक दिन अनि मेरी आमा र दिदीहरुको स्नेह लिन म घर फर्किने छु  
आमा रुने छिन् मेरो सफलता देखेर खुशीका आँसुहरुसँग  
मेरी दिदी गर्वले छाती फुलाउँदै हिँड्ने छिन् मेरो सफलताको कहानी सुनेर 
               अनि  
असफलताहरु धमिलो हुँदै जानेछन् जीवनबाट खुशीहरु चम्किने छन् 
चर्चा मेरो सफलताले पाउने छ अनि 
खुसी मैले कमाउने छु 
मेरी आमाले भन्ने छिन् छोरी होस् त मेरो जस्तो 
अनि समाजले भन्ने छ छोरी होस् त त्यस्तो 
हो, यस्तै जिन्दगी लिएर 
म घर फर्किने छु एक दिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ