arrow

नेकपा एस महत्वाकांक्षीः राष्ट्रिय सभामा पाँच सिट र अध्यक्ष माग गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभाको १९ जनाको सिटका लागि नेकपा एकीकृत समाजवादी (एस) ले तीन जना उम्मेदवार तय गरेको छ । आन्तरिक रुपमा तीन जना उम्मेदवार तय गरेको भए पनि सार्वजनिक गरेको छैन । 

एसले प्रमेश हमाल, घनेन्द्र बस्नेत र गणेश विकको नाम तय गरिसकेको छ । उता कृषिमन्त्रीबाट उपाध्यक्ष बेदुराम भुसाललाई फिर्ता गरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन एसले गठबन्धन दलहरुसँग माग गरेको छ ।

 ‘कृषि मन्त्रीमा खासै कामकाजी काम गर्न नसकेको अवस्थामा उहाँलाई फिर्ता बोलाएर राष्ट्रिय सभा अध्यक्ष बनाउने कोसिस भएको छ’, नेकपा एसका एक पदाधिकारीले भने ।

उनका अनुसार आन्तरिक रुपमा उम्मेदवार पनि तय गरिसकेको तर आकांक्षीहरु धेरै भएकाले बाहिर सार्वजनिक नगरिएको हो । 

उता सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सिट र अध्यक्ष माग गर्ने पनि निर्णय गरेको बैठकमा त्यही अनुसार प्रस्तुत भएको छ । 

गठबन्धनको शनिबारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सिट माग गरेको नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको थियो । 

गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सिटमा दाबी गरेकोमा एसका लागि भने एक सिट पनि बाँकी देखिएको थिएन । 

नेकपा एसका नेताहरूले ५ सिट भनेर ३ सीटमा सम्झौता गर्न सकिने बताएका छन् । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएकाले अध्यक्ष नेकपा एसले पाउनुपर्ने दाबी गरेको र यसअघि पनि सोही अनुसारको सहमति भएकाले भुसाललाई अध्यक्ष बनाउने गरी अध्यक्ष माधवकुमार नेपालले त्यसको लबिङ गरिरहेका छन् । 

भुसाललाई मन्त्रीबाट फिर्ता बोलाएर प्रेम आले र किसान श्रेष्ठमध्ये एक जनालाई पठाउने तयारी भएको छ । 

भौतिक मन्त्रीमा राजेन्द्र पाण्डेलाई पठाउने तयारी गरेको स्रोतको दाबी छ । 

उता भौतिक मन्त्री प्रकाश ज्वाला भने महासचिवको तयारीका लागि भन्दै मन्त्रालयका कर्मचारीहरुसँग आन्तरिक रुपमा चन्दा उठाउन थालेका छन् ।

‘आगामी महाधिवेशनमा महासचिवको तयारी गर्नुपर्ने भएकाले सहयोग आवश्यक रहेको भन्दै सचिवालयका सदस्यहरुलाई चन्दा उठाउन लगाएका रहेछन्’, स्रोतले भन्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ