- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी काहासंघका अनुसार २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको थियो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।