arrow

आयल निगमको वार्षिकोत्सवमा एक सय ५१ जनाले गरे रक्तदान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
oil-corporation-blood-donat.jpg

काठमाडौँ । नेपाल आयल निगमको ५४ औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्वकर्मचारी तथा कर्मचारी परिवारका एक सय ५१ ले रक्तदान गरेका हुन् । 
 
निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । अघिल्लो वार्षिकोत्सवमा कूल एक सय ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रास सोसाइटी रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको निगमले जनाएको छ ।
 
त्यस अवसरमा एक सय ७६ औँ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्यले वार्षिक रूपमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिए । 

निगमको रक्तदान कार्यक्रम उपसमितिका संयोजक विकास बखतीले रक्तदाता, नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार विभागलगायत सम्पूर्ण सहयोगीमा धन्यवाद ज्ञापन गरेका थिए । 
 
नेपालमा पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार पाएको निगमले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

आजको रक्तदान कार्यक्रमको उद्घाटन निगमका नायब कार्यकारी निर्देशक ई. वीरेन्द्र गोईतले पानसमा दीप प्रज्जवलन गरेर गरेका थिए । 

कार्यक्रम समापनमा रक्तदान कार्यक्रममा प्राविधिक सेवा प्रदान गर्ने नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचल लाई निगमको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

निगमलाईसमेत नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचलले रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा प्रशंसा पत्र प्रदान गरेको थियो । 

निगमले यही पुस २६ गते स्थापनाको ५४ औँ वार्षिकोत्सव मनाउँदै छ ।
 

1.jpg
2.jpg
3.jpg
4.jpg
5.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ