arrow

कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
madhav-nepal-2080-05.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताएका छन् ।

पार्टी निकट विद्यार्थी विशेष कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको बताए । 

राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, “सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन ।”  

कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ