arrow

विधान संशोधन गर्न कार्यकर्तासँग सुझाव लिँदै नेकपा एस

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ । 

पार्टीको बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसैगरी बैठकले राष्ट्रियसभामा सत्ता साझेदार दलका उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्नसमेत आह्वान गरेको छ ।

आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद्को बैठक बस्ने निर्णयसमेत भएको छ । 

उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । 

त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । 

उक्त सुझाव केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ