arrow

विद्यार्थीले त्रिविका गाडीमा टाँसे विश्वविद्यालयको स्टिकर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
sticker-tu1.jpg

काठमाडौँ । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा शाखा प्रमुखहरूले प्रयोग गर्ने सरकारी गाडीमा विश्वविद्यालयको स्टिकर टाँसेका छन् ।

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का विद्यार्थीले बुधबार गाडीहरूमा विश्वविद्यालयको स्टिकर टाँसेका हनु।

यसलाई लिएर त्रिविले पटक पटक आपत्ति जनाउँदै आएको थियो। 

त्रिविमा हुने राजनीतिक हस्तक्षेप, भागबन्डा र सेवामा भइरहेका ढिलासुस्तीबारे स्ववियुले १५ दिनदेखि आन्दोलन गरिरहेको छ ।

विश्वविद्यालयको लोगो टाँसेपछि निजी कामका लागि गाडी प्रयोग हुँदैनन् भनेर टाँसिएको स्ववियु सभापति श्यामराज ओझाले बताए ।

स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ