arrow

सुधार्दै स्वास्थ्य बिमा बोर्ड

माघ १ गतेदेखि दीर्घरोगीले तीन महिनाको औषधि एकैपटक पाउने [भिडियो]

बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा सह-भुक्तानी को’पेमेन्ट प्रणाली लागू गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
gudraj-lohoni.jpg

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि दीर्घरोगीलाई तीन महिनाको औषधि एकैपटक दिने भएको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बीमितलाई हाल १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ । 

साथै स्वास्थ्य बिमा कार्यक्रममा सह-भुक्तानी को’पेमेन्ट प्रणाली लागू गर्ने भएको छ । सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरूले जबाफदेही र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह-भुक्तानी को’पेमेन्ट लागू गर्न बोर्डले अपिल समेत गरेको छ । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि,२०८० परिमार्जन सहित लागू गर्न लागिएको बताए । उनले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बीमित नागरिकहरूलाई १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था गर्न आग्रह गरे । 

उनले यो व्यवस्था राष्ट्रको हितमा भएको दाबी गरे । उनले स्वास्थ्य बिमा कार्यक्रम प्रेषण सेवा सम्बन्धी कार्यविधिको मुख्य उद्देश्य स्वास्थ्य प्रणालीको सबलीकरण गर्ने भएको बताए । अध्यक्ष लोहनीले स्टेक होल्डरहरू बिमा बोर्ड,बीमित र सेवा प्रदायकहरू रहेकाले यसमा निजी,सरकारी सहकारी भन्ने नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ