arrow

बस्तीमा पसेर हात्तीले भत्काइदियो, अन्न सखाप 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० पुष २६ बिहिबार
bhakari-paddy-2080-09-26.jpg

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी क्षेत्रको मानव बस्तीमा जंगली हात्ती प्रवेश गरी क्षति पुर्याएको छ । गएराति चन्द्रपुर नगरपालिका ३ गैडाटार निवासी चित्रबहादुर भोलन र जगतबहादुर राईको घरमा जंगली हात्ती प्रवेश गरी घर भत्काउनुको साथै धानको भकारी भत्काइदिएको छ ।  

बोलनको घरको टाटी र राईको घरको धानको भकारी भत्काईदिएपछि उनीहरु पीडामा छ्न् । वर्षभरी खानका लागि जोहो गरेर राखेको धान हात्तीले नोक्सान गरिदिँदा राई परिवार पीडामा छ ।  

जंगली हात्तीले किसानको केरा बारीमासमेत क्षति पुर्याएको स्थानीयले जानकारी दिए ।  

घटना लगत्तै नेपाली कांग्रेस चन्द्रपुर नगर कमीटीका सभापति मुंकेश गिरीले पीडित परिवारलाई राहत स्वरुप जस्ता उपलब्ध गराएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ