arrow

गौशाला-२६ द्वारा साइबर ब्युरोमा जाहेरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ। जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनीयता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्नेविरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी दिएकी छिन् । 

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा बिहीबार जाहेरी परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिए । 

गौशाला २६ बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । 

काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो । 

तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य हुन् । 

पीडित युवतीको पहिचान सार्वजनिक गरेको भन्दै रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ