arrow

मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
madhav-nepal-2080-06-06.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउन र जनताको जीवनलाई सुखी बनाउन मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।

समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उनले भने, “जनवर्गीय सङ्गठनहरू पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्छ ।”

त्यस अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पर्टीपङ्क्तिलाई इमान्दारिताका साथ पार्टी विस्तारमा लाग्न निर्देशन दिए ।

पार्टीको आन्तरिक समस्या पार्टी कमिटीका बैठकमा राख्नुपर्ने बताउँदै उनले भने, “हामीबीचमा केही समस्या छन् भने प्रदेश कमिटीका नेताहरू छन् । त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय सङ्गठन, पदाधिकारी छौँ । यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ