arrow

दोहोरी साँझमा मदिरा सेवनपछि कुटपिट, एकको मृत्यु, ६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

धनगढी । कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने ६ जना पक्राउ परेका छन् । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदाबरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२५ पुसमा दोहोरी साँझ गएका उनलाई घाइते अवस्थामा साथीहरुले घर लगिदिएका थिए । यसपछि परिवारले उनलाई उपचारका लागि धनगढीको  निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतकका परिवारले मृतकका साथीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ