arrow

प्रधानमन्त्री कप क्रिकेट

सूर्यले दुई खेलमा ११ विकेट लिँदा बागमतीको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
surya-tamang-bagmati-2080-1.jpg

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटमा सूर्य तामाङले लगातार दुई खेलमा ११ विकेट लिएसँगै बागमती प्रदेशले लगातार दुई खेल जितेको छ । शुरुआती दुई खेल हारेको बागमतीले सूर्यको चमत्कारी बलिङसँगै जित कायम गरेको हो । 

मंगलबार ह्याट्रिकसहित ६ विकेट लिँदा मधेस प्रदेशलाई ८६ रनले हराएको बागमतीले बुधबार त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्यो । 

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले २७.१ ओभरमा अलआउट हुँदै ९७ रनमात्र बनायो । कप्तान विनोद भण्डारीले २८, भिम शार्कीले १८ तथा विवेक यादवले ११ रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर खडा गरेनन् । 

कम योगफलमा रोक्ने क्रममा सूर्य तामाङले २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै प्रतिस जीसी र रिजन ढकालले २–२ विकेट लिए । 

जवाफमा बागमतीले २२.१ ओभरमा ७ विकेटको क्षतिमा जित हासिल गर्यो । अशोक पौडेल र प्रतिस जीसीले समान २१ रन बनाए । सोमपाल कामीले ३ विकेट लिएका थिए । 

जितसँगै बागमती ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा पुगेको छ । २ खेलबाट सतप्रतिशत परिणामसहित ४ अंक जोडेर सशस्त्र प्रहरीको एपीएफ, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ