arrow

टाइगर कपबाट बाहिरियो गण्डकी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
tigercup-volleyball-pokharap-ggandaki.jpg
तस्बिर साैजन्य : योगेन्द्र श्रेष्ठ

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताबाट महिलातर्फ गण्डकी प्रदेश बाहिरिएको छ । दुवै खेलमा पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको हो ।

तेस्रो दिनको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँंग ३-० सोझो सेटमा पराजित भएकाे हाे । डिफेन्डिङ च्याम्पियन एपीएफले पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट २५-९ र तेश्रो सेट २५-१७ ले गुमाउन पुग्यो ।

यो जितसंँगै एपीएफ ग्रुप बीबाट ५ अंकका साथ शीर्ष स्थानमा रहेको छ । एपीएफले आफ्ना दुवै खेल जितेको छ ।

एपीएफले नेपाल पुलिससंँग ३-२ ले जितेको थियो । सोही समूहमा ४ अंकका साथ नेपाल पुलिस क्लब दोश्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज लिग चरणका अन्य खेलहरु जारी रहनेछन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ