arrow

नक्कली बाबु बनेको आरोपमा वीरगञ्जका मेयर सिंहविरुद्ध कारबाही अघि बढिसकेको गृहमन्त्रीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
narayankaji-birjung-politic.jpg

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रक्रिया अघि बढिसकेको बताएका छन् । 

पर्सा जिल्लाबाट गएको सर्वदलीय टोलीसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा ज्ञापन पत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । टोलीमा रास्वपा पर्साका जिल्ला संयोजक दिलिपकुमार कुर्मी, जनमत पार्टीका मुकेश द्विवेदी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यवाहक सभापति अनील सिंह, एमालेका अजयकुमार गुप्ता, राप्रपाका जलेश्वर सर्राफ, जसपाका मनोज कुर्मी लगायतको सहभागिता रहेको थियो।

नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका मेयर सिंह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । उजुरीपछि हरेक दिनजसो सिंहलाई कारबाहीको माग गर्दै प्रदर्शनसमेत हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ