arrow

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
parbat-karki-nagarik-lagani.jpg

काठमाडौँ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

कार्कीलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । 

मन्त्री शर्माले भनिन्, ‘अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रिक्त थियो । त्यो रिक्त पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने भनेर निर्णय भएको छ ।’ 

कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी २०७३ सालमा चार वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

उनी हाल किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ