arrow

मुम्बई म्याराथनमा धर्म

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
dharma-maharjan-runner.jpg

काठमाडौँ । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा दौड्ने भएका छन् । जनवरी २१ तारिख (माघ ७ गते ) हुने म्याराथनमा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बई प्रस्थान गर्दै छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिँदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

त्रिशक्ति सिमेन्टका मार्केटिङ म्यानेजर किशन चरणले धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउँदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धर्मले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्याराथनमा सहभागिता जनाइसकेका छन् । त्यस बाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन् । 

धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औँ एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कास्य विजेता हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ