arrow

अवैध कारोबारमा संलग्न भएको आरोपमा कपडा व्यापारी अग्रवाल दुई करोडसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्रा, हुण्डी र सुन कारोवारमा संलग्न रहेको आरोपमा कपडा व्यापारीलाई नियन्त्रणमा लिएको छ । 

कपडा व्यापारी नरेश अग्रवाललाई उनकै घरबाट राजस्व अनुसन्धान विभागले उनलाई बिहीबार राति अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । 

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी दुई करोड नगदसहित नियन्त्रणमा लिइएको जनाएको छ । 

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले जनाएको छ । अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ