arrow

गढीमाईमा स्यालले टोकेर १२ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
Gadhimai-Gaunpalika.png

रौतहट । बौलाहा स्यालको टोकाइबाट रौतहटको गढीमाई नगरक्षेत्रमा महिला, बालबालिकासहित १२ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एक जना महिलालाई वीरगंज रेफर गरिएको छ।

गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीबार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बौलाहा स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।

बौलाहा स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन,  ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी  मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२ वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले बताएका छन् ।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबै जना प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

घाइतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचारपछि घर फर्किसकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्। 

स्यालको टोकाइबाट दुई वर्षअघि गरुडाका एक जना युवकको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ