arrow

बढ्यो सुनचाँदीको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ