arrow

रौतहट बचत संघमा पोखरेल 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० माघ ६ शनिबार
rautahat-bachat-sangh.jpg

रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका अध्यक्ष  बिभुकुमार पोखरेल निर्वाचित भएका छन् । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको २७ औँ चुनावी साधारण सभाले पोखरेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

समितिको उपाध्यक्षमा सृष्टि साकोसका राम विश्वास पासवान, महासचिबमा नवविकास साकोसका अध्यक्ष देबबहादुर सापकोटा, सचिवमा चन्द्रोदय साकोसका बसन्त आचार्य, कोषाध्यक्षमा स्वस्तिक साकोसका नरेन्द्र राना चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कल्पना दाहाल, पदमप्रसाद पहाडी, दुर्गादेवी दाहाल, लक्ष्मी कुमारी घिमिरे, रामाकान्त प्रसाद, दुर्गा आचार्य, राजेन्द्रराय यादव चयन भएका छन् । 

लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी, सदस्यमा ईश्वरीप्रसाद पौडेल र धर्मवीर ठाकुर चयन भएको निर्वाचन समितिका संयोजक विपिनप्रसाद गौतमले  जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ