arrow

चन्द्रमामा अवतरण भएको जापानी यान समस्यामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
indian-space-isro.jpg

काठमाडौँ । चन्द्रमामा अवतरण भएको जापाननी यान समस्यामा परेको छ । अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन नसकेपछि यान समस्यामा परेको हो । 

यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बीर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले बताएको छ ।

जाक्साले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण गराएको हो ।  यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन सकेकफ छैन । 

“स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ जुन घण्टौंसम्म मात्र टिक्छ,” जाक्साका अधिकारीहरूले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने ।

अवतरणपछि चन्द्रमाको सतहबाट तथ्याङ्क लिने कामजाक्साका लागि प्राथमिकतामा रहेको अधिकारीले बताएका छन् । 

स्लिमको अवतरणसँगै जापान, अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ । 

चन्द्रमामा पहिलो मानव अवतरणको ५० वर्षभन्दा धेरै समयपछि धेरै मुलुक र निजी कम्पनीहरूले यात्रालाई नयाँ बनाउने प्रयास गरिरहेका छन् तर क्र्यास ल्यान्डिङ, सञ्चारमा समस्या र अन्य प्राविधिक समस्या व्याप्त छन् । 

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ