arrow

महानगर प्रहरीले व्यवसायीमाथि हातपात गरेको आरोप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
nagar-police-haatpaat.jpg

काठमाडौं । काठमाडौं महलका व्यवसायीहरूले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् । सोमवार उनीहरूले काठमाडौं महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् । 

व्यवसायीहरूले आफूहरू सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरूलाई महानगरपालिकाले नगर प्रहरी लगाएर अपमान गरेको बताए । 

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरूलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरूमाथि धरपकड गरेको बताए । 

त्यस्तै काठमाडौं महल सञ्चय कोष भवन व्यापार सङ्घका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरूलाई आतङ्ककारी शैलीमा धरपकड गरेको बताए । उनले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरूमाथि हातपात गरेको बताए । 

त्यस्तै अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चयकोको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरू व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरूलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ